भलिबल खेलाडी मगरलाई आर्थिक सहयोग
पाल्पा | माघ १०, २०८०
पाल्पा: स्टेप रामपुरले महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते भएकी मगरलाई स्टेप रामपुरको पहलमा विभिन्न संस्था तथा व्यक्तिबाट सङ्कलन भएको एक लाख छ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
अस्मिताको निवास रामपुर नगरपालिका–६, तालपोखरा पुगेर रकम हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङ, अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा, नमस्ते पाल्पा दक्षिण कोरियाका संस्थापक कोषाध्यक्ष तथा नेपाल प्रतिनिधि मोहन थापा, स्टेप रामपुरका उपाध्यक्ष जमुना राना, प्रशिक्षक कमल राना लगायतको उपस्थितिमा अस्मिता र उनका दाजु कृष्ण घर्ती मगरलाई रकम प्रदान गरिएको हो ।
रकम हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले अस्मिताको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै समाज र राष्ट्रलाई चिनाउने खेलाडीहरूका लागि राज्यको नजर पुग्नु आवश्यक रहेको बताए । जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङले अस्मिता प्रतिभावान उदाउँदो खेलाडी रहेको बताउँदै जिल्ला भलिबल सङ्घले पनि आवश्यक पहल गरिरहेको बताए । । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा खेलप्रतिभाको जिम्मा राज्यले लिनु पर्ने अवस्थामा युवाहरूले अभियान सञ्चालन गर्नु पर्ने अवस्था आएको भन्दै राज्यको नजर पुग्नु पर्नेमा जोड दिए ।
स्टेप रामपुरका खेल प्रशिक्षक कमल रानाले मकाउ मगर सङ्घबाट प्राप्त ५० हजार, नमस्ते पाल्पा कोरियाबाट प्राप्त ३१ हजार, सञ्जय मेमोरियल फाउण्डेशनबाट प्राप्त १० हजार सहित जिल्ला भलिबल सङ्घ, नगर भलिबल सङ्घका पदाधिकारी लगायत विभिन्न संस्था तथा व्यक्तिहरू बाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको जानकारी दिए । अस्मिताले गत वर्ष १८ मुनिको राष्ट्रिय भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेलेकी थिईन् । साथै राष्ट्रिय स्तरको सिनियर महिला भलिबलमा समेत सहभागिता जनाउन सुरु गरेकी छिन ।
अस्मितालाई यसअघि अध्ययनरत विद्यालय कुँवरवर्ती ईङ्गलिश बोर्डिङ स्कुल तिलोत्तमा रुपन्देहीले पनि उपचारको लागि एक लाख प्रदान गरेको थियो । गत कार्तिकमा दैनिक अभ्यासको क्रममा लिगामेन्ट गएपछि मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराउँदै आएकी छिन ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

